२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

संस्था उच्च जोखिममा रहेकाे भन्दै वायुसेवा निगमले सरकारसँग तत्काल माग्याे अार्थिक सहायता

२९ कात्तिक, काठमाडौँ । अाफ्नाे संस्था उच्च जोखिममा रहेकाे  भन्दै नेपाल वायुसेवा निगमले सरकारसँग तत्कालै अार्थिक सहायता माग गरेकाे छ । निगमका अध्यक्ष मदन खरेलले बिहीबार स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्यधिक रहेको र ब्याज  धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका हुन् ।

खरेलले ‘वायु सेवा निगमको जहाजको तिर्नुपर्ने कर्जा ३२.८७ अर्ब रहेको छ र निगमको दीर्घकालीन कर्जा र जम्मा पूँजी ३९.८२ रहेकोले निगम उच्च जोखिममा रहेको स्वेतपत्रमा भनेका छन् ।

वित्तिय सूचकांकहलाई निगम अनुकुल बनाउन तुरुन्त नेपाल सरकारबाट पूजी लगानी भित्र्याई वित्तीय जोखिम न्युनीकरण गरी निगमको विश्वसनीयता कायम गर्नुपर्ने कुरा स्वेतपत्रमा लेखिएकाे छ । निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्याधिक रहेको र वाइडबडी जहाजको व्यवसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै आर्थिक सहायता दिनुपर्ने स्वेतपत्रमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १६:३४