२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बालकुमारी घटनाबारे छानबिन गर्न गृहमन्त्रालयले बनायो समिति

१३ पुस, काठमाडौं । बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । गृह मन्त्रालयले बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको हो ।

डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १६:३५