२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

१३ पुस, काठमाडाैं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हाे ।

आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । अर्का एक जना गम्भीर घाइते छन् । प्रदर्शनकारीले यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १४:२९