२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

ललितपुरमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी भएकाे छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरेका हुन् ।

मन्त्री नभएको गाडीबाट गार्ड र चालक बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए । युवाहरूले जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूलाई  उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । तस्बिरः सामाजिक सञ्जाल

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १२:५७