१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दोहोरो पर्यटन शुल्क खारेज गर्न माग गर्दै नगरकाेटकमा व्यवसायीले गरे प्रदर्शन

२९ कात्तिक, काठमाडौँ । दोहोरो पर्यटन शुल्क खारेज गर्न माग गर्दै नगरकाेटकमा व्यवसायीले  दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीय व्यापारीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

स्थानीय निकायले पर्यटकहरुमाथि लुटेरा शैलीमा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसाय नै समस्यामा परेकाले समाधानका लागि सरकारलाई दबाब दिन प्रर्दशन गर्नु परेको स्थानीय व्यापारी गोकुल शर्माले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिका र मण्डन–देउपुर नगरपालिका दुवैले पर्यटकहरुलाई शुल्क लिन थालेपछि त्यहाँ पर्यटकहरु नजाने वातावरण बनेकाे स्थानीय व्यापारीहरुको भनाई छ । व्यापारी शर्माले पर्यटक आकर्षण गर्नका लागि सरकारले पूर्वाधार विकासमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

पर्यटकहरुलाई भगाउने खालका गतिविधि स्थानीय सरकारले गरेपछि त्यसको विरोध गर्नुपर्ने अवस्था आएको नगरकोटका अर्का व्यापारी योगेन्द्र शाक्यले बताउनु भयो । उहाँले दोहोरो शुल्क लिएर पर्यटकहरु भगाउने काम गरे त्यो कसैको पनि हितमा नहुने चेतावनीसमेत दिनु भयो ।

स्थानीय व्यापारीहरुले पर्यटकहरुको आगमनलाई सहज बनाउन पूर्वाधार अन्तरगत पर्यटक बस पार्क, सार्वजनिक शौंचालय निर्माण गर्न पनि सरकारलाई पटक–पटक आग्रह गर्दै आएका छन । तर त्यसको सुनुवाई नभएको पनि स्थानीय व्यापारीको गुनासो छ । उनीहरुले दोहोरो पर्यटन शुल्क लिने काम स्थानीय तहले तत्काल बन्द नगरे नगरकोटमा पर्यटकहरु नआउनेतर्फ पनि सचेत गराएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १६:०३