२५ माघ २०८२, आईतवार | Mon Feb 9 2026

मर्जर प्रस्ताव पारित गर्न दुई लघुवित्तले बोलाए साधारण सभा

१३ पुस, काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न दुई लघुवित्तले साधारण सभा बोलाएका छन् । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका हुन् ।

यी दुबै लघुवित्तले पुस २८ गते शनिबार, बिहान साढे १० बजे विशेष साधारण सभा बोलाएका हुन्। श्रृजनशील लघुवित्तले आफ्नो केन्द्रिय कार्यालय, गोलबजार नगरपालिका, चोहर्वा, सिराहामा सभा बोलाएको छ भने मानुषी लघुवित्तले पुतली घर रिसोर्ट, बनेपा, साँगा, काभ्रेपलाञ्चोकमा सभा बोलाएको हो।

यी लघुवित्तहरुका सभाले मर्जर प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक एवम् सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सभा प्रयोजनार्थ यी दुबै लघुवित्तहरुले पुस २२ गते बुकक्लोज गर्ने भएका छन्। यसकाे अर्थ पुस १९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले यी लघुवित्तहरुको साधारण सभामा सहभागिता हुन सक्नेछन्।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ११:३०