२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाई

१३ पुस, काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि आज पनि सुनुवाई हुने भएकाे हाे ।

प्रतिवादीतर्फबाट वहस सकिए आजै मुद्दाको फैसला हुनेछ । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ११:१५