२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

चार वर्षदेखि नुवाकोट दरबारको पुनर्निर्माण रोकिएपछि प्रधानमन्त्री गुहार्दै स्थानीय

१३ पुस, नुवाकोट । चीन सरकारले पुनर्निर्माणको जिम्मा लिएको नुवाकोट दरबारको काम चार वर्षदेखि रोकिएपछि स्थानीयले प्रधानमन्त्री गुहार्ने भएका छन । काम रोकिएको चार वर्ष पूरा भए पनि सुचारूको संकेत देखिएको छैन । सरकारसँग दरबार पुनःनिर्माणका लागि सम्झौता गरेर नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणका लागि काम थालेको चीनले बीचमै काम छाडेको छ । कोरोना भाइरसको प्रकोप सुरू हुनुअगावैबाट पुनर्निर्माणको काम नगरेको चीनले अहिलेसम्म पनि सुचारूको संकेत दिएको छैन ।

चीनले काम नगरी नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माण रोकेपछि स्थानीय सरोकारवालाहरू भने प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री गुहार्ने निर्णयमा पुगेका छन । नुवाकोटका स्थानीय समेत रहेका नेपाल सरकारका पूर्व उपसचिव बद्रीप्रसाद अर्यालय यही पुस १६ गते नुवाकोटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागिएको बताउँछन । अर्यालले ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागिताका लागि नुवाकोट क्षेत्रका बासिन्दासहित जिल्लाभरकै नागरिकमा अपिल गरेका छन ।

नयाँ वर्ष र कोरोनालाई मुल कारण देखाई स्थगित भएको थियो काम तर चार वटा नयाँ वर्ष बनाउँदा पनि चीनले काम सुरू गरेको छैन । काममा ढिलासुस्ती हुनुले विभिन्न शंका उत्पन्न गरेको स्थानीयले बताएका छन । चिनियाँ कामदारले कोरोनाकै बीचमा आएर रेट्र्रोफिटिङका लागि ठड्याइको बारमा कसिएका नटहरू थप कसिलो बनाएर गएका थिए । त्यसपछि काम गर्ने भन्दै राजदूतदेखि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसम्मले पटक पटक निरीक्षण पनि गरे तर काम भएन ।

तत्कालीन केपी शर्मा ओली सरकारको पालामा एमसीसीको नाममा नुवाकोटकै बेलकोटगढी नगरपालिकाको रातमाटेमा जग्गाको अधिग्रहण तीव्र पारेपछि चिनियाँहरूले काम छाडेको कतिपय स्थानीयको बुझाइ छ । उनीहरूले भूराजनीतिको चपेटामा नुवाकोट दरबारको पुनर्निमार्णमा परेको भन्दै चिन्ता प्रकट गरेका छन ।

चिनियाँहरूले जिम्मा लिएर गरिरहेका अन्य काम नियमित रूपमा भैरहेको भए पनि नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा मात्र ढिला सुस्ती हुँदा जिम्मा लिएर काम अलपत्र पार्न खोजेको हो कि भनेर स्थानीयले आशंका गरेका हुन । पहिलो चरणमा साततले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतोपाटी निर्माण गर्ने गरी सम्झौता भएको छ ।

 यो पनि पढ्नुहोस्, 

ढल्नै लाग्यो नुवाकोटकाे साततले दरबार, बन्न अर्को पृथ्वीनारायण जन्मिनुपर्ने हो ?

नुवाकोटको साततले दरबार पुनर्निर्माणमा चिनियाँ चासो, राजदूतबाट दरबारको अवलोकन

नुवाकोटको ऐतिहासिक साततले दरबारको पुनःनिर्माण चैतदेखि हुने

साततले दरबार पुनःनिर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो

चिनियाँले जिम्मा लिएको नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा ढिलासुस्ती

चीन सरकारले जिम्मा लिएको नुवाकोट दरबारको पुनःनिर्माण अनिश्चित

चिनियाँले जिम्मा लिएको नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा ढिलासुस्ती

नुवाकोट दरबार क्षेत्रको खानेपानी समस्याका बारेमा मुख्यमन्त्री शाक्यको ध्यानाकर्षण

नुवाकोट-रसुवाको पर्यटकीय गन्तव्यको पहिचान र प्रचारमा व्यवसायी (फोटोफिचर)

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ०७:५७