२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

११ पुस, काठमाडौँ । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको भएको हो ।

क्यापिटल नियुक्त सम्बन्धी सम्झौता पत्रमा हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ ।

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी – १ जलविद्युत आयोजना” २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १७:२७