४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

चालकले आफ्ना गल्ती ढाकछोप गर्न प्रहरीलाई गरे  १ हजार घुस अफर

२९ कात्तिक, काठमाडौं । चालकले आफ्ना गल्ती ढाकछोप गर्न प्रहरीलाई  १ हजार घुस अफर गरेका छन् ।  घुस आतंक मच्चिएको गुनासो बढिरहेका बेला हिजाे दिउँसो काठमाडौंको बानेश्वरबाट एक गाडीका चालक र सहचालकलाई प्रहरीले घुस अफर गरेको अभियोगमा नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुद्धनगरस्थित युएनपार्क नजिकबाट बा २ ख ८१२९ नम्बरको गाडीका चालक जीतबहादुर तामाङ र सहचालक सुजन घलेलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले चेकजाँचमा रहेको प्रहरीले कागजात माग गर्दा ग्राभेल बोकेको गाडीले १ हजार घुस अफर गरेपछि त्यसका चालक र सहचालकलाई गाडीसहित नियन्त्रणमा लिएको जानकारी दिए ।

नियन्त्रणमा लिइएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त, वानेश्वरमा राखिएको छ । प्रवक्ता बोगटीका अनुसार, उनीहरुमाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १०:१०