राष्ट्रिय सहकारी बैंकमा एक सय कर्मचारीलाई रोजगारीको अवसर (सूचनासहित)
११ पुस, काठमाडाैं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदको लागि कर्मचारिको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एक सय कर्मचारी माग गरेको हो ।
बैंकले सूचना सार्वजनिक गर्दै कनिष्ठ सहायक पदको लागि सबैभन्दा धेरै ६० जना, व्यवस्थापन प्रशिक्षार्थी र शाखा प्रमुख १५/१५ जना, तालिम स्तरीकण अधिकृत ३ जना, कर्जा अधिकृत २ जना र कर्मचारिको लागि कर्मचारिको माग गरेको हाे ।
साथै, व्यवस्थापनतर्फ प्रमुख वित्त अधिकृत, प्रमुख व्यवसाय अधिकृत, आन्तिरिकलेखा परीक्षण प्रमुख र कानुन अधिकृत एक /एक जना माग गरेको छ । इच्छुकले पुस २५ गतेभित्र आवेदन गरिसक्नु पर्ने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १२:५१












