१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

नेरुडे लघुवित्तले सेयरधनी बनायो निराश, यो वर्ष लाभांश नदिने

११ पुस, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनिका लागि लाभांश नदिने भएको हो ।

पुस ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १।१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार ११:२०