४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

निर्मला पन्त हत्या प्रकरणः गाउँले पनि प्रहरीको शंकाको घेरामा, चारजनाको डिएनए रिपोर्ट आयो

२९ कात्तिक, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर खनुसन्धान थालेको हो ।

 

 

 

उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । त्यस्तै प्रहरीले शंका गरेका चार व्यक्तिको डिएनए रिपोर्ट आएको छ ।

केन्द्रीय प्रविधिविज्ञान प्रयोगशाला काठमाडौंले काठमाडौं रहेका कञ्चनपुर प्रहरीले अधिकृतलाई बुधबार रिपोर्टे दिएको छ । सरकारी वकिलको सल्लाहमा खोल्छौँ, कञ्चनपुुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले भने ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार ०८:१४