१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

१० पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट अपराह्न ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका सुशासन प्रवर्द्धन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक विकासका निम्ति भएका प्रयासबारे जानकारी दिन प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार ०९:३५