४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नक्कली कम्पनी खडा गरेर वाइडबडी खरिद, जहाज एउटाको, बेच्ने अर्कै !

२९ कात्तिक, काठमाडौँ । बजारमा अहिले त्यही ‘लालपुर्जा’ को चर्चा छ। प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले एक अनलाइनमा दिएको ‘बिल अफ सेल’ उनैको भाषामा २५ अर्बको सामान किनेको आधिकारिकता हो । विमानको त्यस्तो ‘लालपुर्जा’ देखेर सम्बद्ध विज्ञहरू अचम्मित छन्। ‘हामीसँग बिल अफ सेल बकाइदा छ’, कंसाकारको भनाइ छ, ‘जुन जहाजको स्वामित्व भएको पुष्टि हो।’

‘किन्ने र बेच्नेबीचको सम्झौता लालपुर्जा होइन। त्यसो भए जग्गा किन्न मालपोत र गाडी किन्न यातायात कार्यालय जानै पर्ने थिएन’, एयरलाइन्सका एक उच्च अधिकारी भन्छन्, ‘जहाज क्रेतालाई उत्पादक एयरबसले आधिकारिक कागज दिएको हुन्छ।

जहाजको स्वामित्व एउटासँग भए पनि उसले त्यसको स्वामित्व नै नभएको कम्पनीसँग जहाज खरिद गरेको आजको अन्नपुर्ण पोष्टमा छ ।

नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा नयाँ जहाज छ भनी कम मूल्य हाल्ने एएआर छानिएको थियो । तर, समझदारीपछि उसले आफूसँग जहाज नभएको, आफ्नो कन्सोर्टियम पार्टनरसँग भएको बताएको थियो ।

त्यसपछि जर्मन एभिएसन क्यापिटल जीएमबीएच र हाई फ्लाई ट्रान्सपोर्ट एरियोज साझेदारका रुपमा थपिएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार ०८:०९