१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सेयरधनीको हात खाली बनाएको नेपाल बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

९ पुस, काठमाडौं । नेपाल बैंकले बार्षिक साधारणसभा बोलाएको छ । सेयरधनीको हात खाली बनाएको यस बैंकले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको हो । सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ पुस १९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल हुने छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार ११:५२