१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राष्ट्रिय वाणिज्य बैंकले घोषणा गर्यो लाभांश, नगद कति ?

८ पुस, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हाे । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले कर सहित ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । बैंकले नगद लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ । सभा दरबारमार्य स्थित बैंकको आफ्नै सभाहलमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १७:१६