१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

रवि लामिछानेले आक्रमणको ‘खोया’ फ्रेममा राख्ने

७ पुस, कास्की। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन २ का सांसद रवि लामिछानेले कास्कीको पोखरामा आफूमाथि आक्रमण भएको खोया फ्रेममा राखेर सजाउने बताएका छन । उनले आफूले अहिलेसम्म गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र समेत भित्तामा नझुण्डाएको बताउँदै अब खोया फ्रेममा राखेर घरमा राख्ने र नागरिकको सपना साकार पार्ने बताए । उनले काम गर्नका लागि सचेत गराएको भन्दै उनले आफूले बोलेको कुरा पूरा नहुँदासम्म खोया सजाएर राख्ने बताए ।

शनिबार अमरसिंहचौर भएको सभालाई सम्बोधान गरिरहेको समयमा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने माथि खोया आक्रमण भएको हो । प्रहरीले रविलाई खोया आक्रमण गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको छ । रानाभाटले खोयो आक्रमण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले रानाभाट माथि कुटपिट गरेका थिए । रानाभाटले ढुंगाले हानेको भन्दै कार्यकर्ताले कुटपिट गरेका हुन । तर प्रहरीले भने मकै खाएर खोया फाल्नेक्रममा अर्कैतिर पुगेको बताएको छ । रविले खोया घरमा सजाएर राख्ने प्रतिक्रिया दिएका छन ।

खोया आक्रमण भएपछि लामिछानेले भने सोही खोया समेतर भाषण गरेका छन ।  यसअघि मध्यपहाडी पुष्पलाल राजमार्गको अभियान बोकेर हिड्ने क्रममा धनकुटाको लेगुवामा नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एमालेकै कार्यकर्ताले मुक्का प्रहार गरेको थिए । यद्यपी मुक्काबाट ओली भने जोगिएका थिए ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार १८:११