१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

१५ प्रतिशत लाभांश पारित गर्दै एनआईसी एशिया लघुवित्तको साधारण सभा सम्पन्न

६ पुस, काठमाडाैं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।यसैगरी, सभाले विभिन्न एजेन्डासहित गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

यसका साथै, सभाको निर्वाचनबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

 ढकालले कम्पनीका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभव बटुलेका ढकाल एनआईसी एशिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १३:०३