डिसेम्बर पहिलो साता राष्ट्रपति भण्डारी पोल्याड जादै
२८ कात्तिक,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी डिसेम्बर पहिलो साता पोल्याण्ड जाने तय भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति डिसेम्बर १ मा पोल्याण्ड जाने तय भएको हो । डिसेम्बर ३ देखि १४ सम्म पोल्याण्डको कोट्वाइस शहरमा आयोजना हुने सम्मेलनमा विश्वभरका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् ।
नेपालबाट राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाइने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन हरेक वर्ष आयोजना हुन्छ । २४ औं सम्मेलन यसपटक पोल्याण्डमा हुँदैछ ।
प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १७:१४