२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

महिनावारी स्वास्थ्य सम्बन्धी सचेतना फैलाउँदै प्रहरी श्रीमती संघ

५ पुस, काठमाडाैँ । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशले महिनावरी स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने काममा लागेको छ । बिहीबार मात्र संघको गण्डकी प्रदेश कमिटीले तनहुँमा रहेको नेपाल प्रहरी स्कुल बेलचौतारामा‌ अध्ययनरत छात्राहरुको लागि महिनावारी स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरेको छ ।

छात्राहरुमा महिनावारी सुरु हुँदा पर्न सक्ने स्वास्थ्य समस्याहरु र त्यसवाट बच्नको लागि अपनाउनु पर्ने सुरक्षा सावधानिहरुका विषयमा सञ्चालन गरीएको उक्त सचेतनामा गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराकी चिकित्सक प्रहरी निरीक्षक डा मृदुषा श्रेष्ठले महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी समेत गराउनुभएको थियो ।

विद्यालय सञ्चालन भईरहेको अवस्थामा पनि छात्राहरुको महिनावारी स्वास्थ्य सुरक्षाको सहजताको लागी सोही कार्यक्रममा श्रीमती संघले विद्यालयका छात्रा तथा शिक्षिकाहरुका लागिसेनिटरी प्याड र सेनेटरी भेन्डिङ मेसिन सहयोग समेत गरेको छ । कार्यक्रममा विद्यालयको कक्षा ५ देखी १० सम्मका छात्रा र कार्यरत शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १९:२८