२० माघ २०८२, मंगलवार | Wed Feb 4 2026

एनआरएनएको कार्यकारी सदस्यमा २१ जना थपिए, यस्तो बन्यो सल्लाहकार समिति

२ पुस, अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय परिषद् सदस्यमा २१ जना मनोनित भएका छन । १७ डिसेम्बरमा भएको आइसीसीको कार्यकारी सचिवालयको बैठकले २१ जना सदस्यको मनोनयन गरेको हो । मनोनित हुनेमा पुर्णनाथ घिमिरे अष्ट्रेलिया, रामप्रसाद घिमिरे अष्ट्रेलिया, बाबुराम भण्डारी जापान, सरिता ढकाल जापान रहेका छन ।

त्यस्तै सदस्यमा ज्योति शर्मा इजरायल, डा सञ्जु पौडेल कोरिया, विनेश तामाङ कतार, तारानाथ बोहोरा एमडी युएइ, अर्जुन गुरूङ बेल्जयम, चिरन शर्मा युके, डा मुकुन्द बास्तोला युके, सरस्वती केसी युकेट, शान्ति अर्याल अधिकारी पोर्तुगल, सम्राट थापा क्यानडा, रविन बज्राचार्य अमेरिका, मनिता ढुंगाना अमेरिका, इश्वरी भट्ट अमेरिका, भुवन आचार्य अमेरिका, विनोद भट्ट अमेरिका, डा अन्जु खरेल अमेरिका, हेमन्त काफ्ले अष्ट्रेलिया मनोनित भएका छन ।

त्यस्तै सल्लाहकारहरूमा अतुल कोइराला नेपाल, ओम गुरूङ जापान, डा देवी बस्नेत कोरिया, प्रीतम श्रेष्ठ हङकङ, रमेश पाण्डे अष्ट्रेलिया, नारायण काफ्ले अष्ट्रेलिया, दिनेश जोशी अष्ट्रेलिया, सूर्य गुरूङ गुके, भैरव ढकाल अष्ट्रेलिया, गोविन्द गौतम रूस, टेकराज निरौला रूस, हीराधन राई युके चयन भएका छन ।

यस्तै सल्लाहकारहरूमा सूर्य गुरूङ युके, चिरञ्जिवी ढकाल युके, शिब बरूवाल बेल्जियम, टीबी कार्की कतार, कमलमणि गुरागाई कतार, होमनाथ शर्मा कतार, सञ्जय थापा अमेरिका, डा सञ्जिव सापकोटा अमेरिका, यमुना भट्टराई अमेरिका र रमेश थापा क्यानडालाई मनोनयन गरिएको प्रवक्ता फडिन्द्र पन्तले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

त्यस्तै बैठकले अनुशासन समितिको संयोजकमा संघका पूर्व महासचिव रतन झा अमेरिकालाई चयन गरेको छ । समितिको सदस्यमा ओम गुरूङ, नारायण काफ्ले, होमनाथ शर्मा र विष्णुमाया परियार सदस्य रहेका छन । यस्तै समितिको विधान व्यख्या समितिको संयोजकमा भुषण घिमिरे तोकिएका छन । समितिको सदस्यमा भवानी ओली र मुकुन्दप्रसाद पौडेल (नेपाल) रहेका छन । त्यस्तै बैठकले रिक्त रहेको ओसेनियाको क्षेत्रीय युवा उपसंयोजकमा दीपेन्द्र हमाल र युरोपको क्षत्रीय युवा उपसंयोजकमा प्रकाश दोङलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार २१:०४