१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

झुलाघाट-चिवाभञ्ज्याङ यात्राले एमाले पंक्तिलाई ‘ग्राउन्ड जिरो’बाट “नेपाल परिचय”

२ पुस, काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले झुलाघाट-चिवाभञ्ज्याङ यात्राले एमाले पंक्तिलाई सामूहिक रूपमा ‘ग्राउन्ड जिरो’बाट “नेपाल परिचय” गराएको बताएका छन । यात्रा सकेर पाँचथरको फिदिम हुँदै फर्किने क्रममा उपमहासचिव रिमालले सोमबार बिहान सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन । उनले एउटा जिम्मेवारी पूरा भएसँगै कामका अरु धेरै जिम्मेवारी थपिएको महसुस भएको पनि उल्लेख गरेका छन ।

यस्तो छ रिमालको भनाइ

नमस्ते फिदिम !
मंसीर १३ गते धनगढी हुँदै थालिएको संमृद्धिको लागि संकल्प यात्रा चिवाभञ्ज्याङमा हिजो पुस १ गते पूरा भयो ।
यो यात्राले एमाले नेतृत्व र यात्रामा सहभागी समग्र एमाले पंक्तिलाई सामूहिक रूपमा ‘ग्राउन्ड जिरो’बाट “नेपाल परिचय” गराएको छ।

यससँगै उपमहासचिव प्रदीप ज्ञवाली र मैले क्रमशः चिवाभञ्ज्याङ र झुलाघाटबाट थालेको मार्ग अवलोकन र सुझावको जिम्मा पनि पूरा भएको छ । एउटा जिम्मेवारी पूरा भएसँगै कामका अरु धेरै जिम्मेवारी थपिएको महसुस भएको छ। यात्राका सहकर्मीहरू आ-आफ्नो गन्तव्यमा फर्कँदै हुनुहुन्छ। हामी पनि फर्कंदै !

प्रकाशित मिति : २ पुष २०८०, सोमबार ०७:१४