१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

जड्याहाको अस्वभाविक हर्कतलाई मुक्का प्रहार भनेर प्रचार गरियोः महासचिव पोखरेल

२८ मंसिर, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जड्याहाको अस्वभाविक हर्कतलाई मुक्का प्रहार भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन । सामाजिक सञ्जाल मार्फत भिडियो र समाचारको खण्डन गर्दै महासचिव पोखरेलले भनेका छन, ‘एउटा जड्याहाको अस्वभाविक हर्कत कतिलाई समृद्धिका लागि संकल्प यात्राको अभुतपूर्व सफलता र त्यसले दिएको सन्देशवाट ध्यान अन्यत्र मोड्ने बहाना बनेको छ । अध्यक्ष माथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण हो । यसवाट अभियानको सफलताले जलिरहेकाहरुको नियत भने उजागर भएको छ । हामी सचेत र स्पष्ट छौ आफ्नो अभियान र उद्देस्यमा ।’

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १८:५३