नेप्सेमा नेपाल एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
२८ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक बैंककाे बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा नेपाल एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३१० रुपैयाँ ३६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिमा कारोबार मूल्य ३२२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हाे ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १६:५१