४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

काठमाडौँकाे  दुर्घटनामा ७० वर्षीया वृद्धाको मृत्यु

२८ कात्तिक,काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङ नजिक गए राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ ।

बा१०प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार भुजेल गम्भीर घाइते हुनुभएको हो । उहाँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा आज मृत्युभएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ । ट्याक्सीमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार १०:२२