१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

माओवादीमा नफर्के बाबुरामलाई मर्ने बेलामा पनि पोल्छः प्रचण्ड (भिडियोसहित)

१ चैत्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईको बारेमा चिन्ता व्यक्त गरेका छन ।

बिहीबार बिहान नयाँ शक्तिका १९ जना नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले पूर्वसहकर्मी भट्टराईलाई माओवादीमा फर्कन आग्रह गरे । उनले बाबुरामले पार्टी छाडेर गम्भीर गल्ती गरेको भन्दै पुनः माओवादीमा नफर्किए मर्ने बेलामा समेत शान्ति नपाउने बताए ।

प्रचण्डले बाबुरामले ठूलो भुल गरेको भन्दै पश्चाताप गरेर पार्टीमा फर्कनुपर्ने बताए । प्रचण्डले भने ‘पार्टीमा पश्चाताप गरेर फर्किए मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । नत्र पोलेको पोल्यै हुन्छ । दुःख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ ।’

प्रचण्डले माओवादी र कम्युनिष्ट आन्दोलनका लागि काम गरेकाहरु एउटै केन्द्रमा आउनुको विकल्प नरहेको बताए ।

भिडियो साैजन्यः न्युज एजेन्सी नेपाल 

 

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १३:३९