१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एनएमबी बैंकको बुकक्लोज मिति तय, सेयरधनीकाे हात भने रित्तो

२८ मंसिर, काठमाडौँ । एनएमबि बैंकले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले पुस २६ गते २८औँ वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । त्यसैले यस बर्ष कम्पनीका सेयरधनीहरुको हात रित्तो हुने भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले सभा प्रयोजनका लागि पुस ६ गते बुक क्लोजको मिति तय गरेको छ । यसको अर्थ पुस ५ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १२:३०