१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमालेले सुरु गरेको मिसन ८४ अभियान नेपाली जनताको होः अध्यक्ष ओली

२८ मंसिर, टक्सार (भोजपुर) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् ।

समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कनेक्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले साँढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा असाधारण विकास गरेको बताए । उनले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी, सुशासन, भेद्भाव र पक्षपात नगर्ने हुनुपर्नेमा जोड दिए ।

गत मंसिर १४ गतेदेखि सुरु भएको सङ्कल्प यात्राअन्तर्गत बुधबार भोजपुर आइपुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १२:००