लक्ष्मी सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
२७ मंसिर, काठमाडाैं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश गरी कुन ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि र बैंककाे आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन्
प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १०:३७