८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

यू-१९ एसिया कप क्रिकेटमा भारतसँग नेपाल ५२ रनमै अलआउट

२६ मंसिर, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ । दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो ।

नेपालका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए ।अर्जुन कुमाल र दिपक बोहराले समान सात/सात रन बनाए । यसबाहेक गुल्सन झा र दीपेश कँडेलले चार/चार रन बनाए । देव खनाल र सुवास भण्डारीले दुई/दुई रन बनाउँदा दीपक डुम्रे र उत्तम मगर शून्यमै आउट भए । नेपाललाई अल आउट गर्ने क्रममा भारतका राज लिम्बानीले ७ विकेट लिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १३:३६