१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छिमेक लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२६ मंसिर, काठमाडाैं। छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।

कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १०:१६