१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कांग्रेस कार्यसम्पादन समितिको बैठक मंसिर २९ गते बस्ने, यी विषयमा हुँदैछ छलफल

२५ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मंसिर २९ गते बस्ने भएको छ । मंसिर २९ शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १६:१०