बोनस सेयर पारित गर्न नेपाल इन्स्योरेन्सले बाेलायाे साधारणसभा
२५ मंसिर, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले ७५ औं वार्षिक साधारणसभा बोलाएको छ । मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १३ गते बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको हो ।
सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर वितरण तथा बोनस सेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।
प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार ११:०३