१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले दिए राजीनामा

२४ मंसिर, काठमाडाैं । हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्।प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत हुन् ।

गजुरेल गत निर्वाचनमा सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्ने दौडमा थिए। तर त्यहाँ राजन दाहाललाई टिकट दिएपछि असन्तुष्ट असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएका थिए । सल्लाहकार भएकाे  एक वर्ष नपुग्दै गजुरेलले राजीनामा दिएका हुन्।

उनले २० गते नै राजीनामा बुझाए पनि उनको राजीनामा भने स्वीकृत भएको छैन ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १७:१३