६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा अझै मूल्य बढ्ने संकेत

२२ मंसिर, काठमाडौं । भारत सरकारले फेरि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

भारतले एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ बढ्ने संकेत देखिएको छ । त्यसो त नेपाली बजारमा केहि समययता प्याजको अभाव छ । आलु र प्याजमा मूल्य अभिबृद्धि कर(भ्याट) को विवादले व्यवसायीहरूले हडताल गरिरहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १३:१५