१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौद्रिक नीतिको समीक्षाले लघुवित्तका ऋणीलाई राहत

२२ मंसिर, काठमाडाैं। नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीहरुलाई राहत हुने नीति लिएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै चैतसम्म ऋणीले कर्जा पुन:संरचना गर्न पाउने व्यवस्था गरेको हो ।

“लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था गरिने छ,” समीक्षामा भनिएको छ। पुनसंरचनाको व्यवस्थाले समस्यामा परेका लघुवित्तका ऋणीलाई राहत पुग्ने छ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १२:३८