४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

राष्ट्रपति भण्डारीले यसरी गरिन् कमलपोखरीमा छठपूजा (फोटोफिचर)

२७ कात्तिक,  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा छठको पूजा गरेकी छन् । काठमाडौँकाे कमलपोखरीमा बनाइएको घाटमा पुगेर राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ जल चढाएर पूजा गरेकी हुन् ।

राष्ट्रपतिले पूजा गरेसँगै घाटमा रहेका भक्तजनहरुले पूजा सुरु गरेका थिए । भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकन समेत गरेकी थिइन् । कमलपोखरीसहित गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदी किनारमा छठ पूजाको लागि घाटहरु बनाइएको छ ।

 

 

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १८:२८