३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

सुजाताकोमा खाना खाँदैमा आत्तिनु पर्दैनः नेता पौडेल

२७ कात्तिक, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृ सुजाता पौडेलकोमा खाना खाँदैमा अात्तिनु नपर्ने बताएका छन् ।
नेता पौडेलले देउवा पक्षप्रति संकेत गर्दै सामान्य ‘हाई हेल्लो’ मात्रै रहेकाे बताएका छन् । प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टी संसदमा कमजोर बनेको टिप्पणी गरे ।

संसदमा सभापति शेरबहादुर देउवाले शशक्त विपक्षी दलको भूमिका खेल्न नसकेको नेता पौडेलको दावी छ । ‘संसदमा विपक्षी दलको नेता विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपर्नेमा त्यसाे नभएकाे  नेता पौडेलले बताए ।  ‘सरकार पनि हल न चलको अवस्थामा छ, कांग्रेस पनि त्यस्तै भएको बताए ।

आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको नेता पौडेलको भनाइ छ । नेता पौडेलले अगाडि थपे, ‘पार्टी निर्वाचनमा के कारणले हार्‍यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्ने तिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन । उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको उनको भनाइ छ । आउँदो महाधिवेशनमा पार्टीको नेतृत्वमा जाने विषयमा आफूले केही नसोचेको उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १७:२२