६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२१ मंसिर, काठमाडाैं। साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतिताेला १ लाख १८ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लाे काराेबारकाे दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार ११:०१