१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

-रजमान तामाङ

जनता शोकमा भएको बखत
उनले टीका लगाएनन्
जनता दु:खमा भएको बखत
उनले सुखको शहर रोजेनन्
भुकम्पले थलिएका जनतासँगै उनले दु:ख साटे
खुल्ला आकाशमा रहेका जनतालाई मुन्टो लुकाउने छाना बनाए

आफै पसिना बगाएर
आफैं बेल्चा चलाएर
आफैं बन्चरो उदाएर
आफैं हथौड़ा बोकेर
बस्तीको आगनमा छिरे
बस्तीमा आशाको किरण बनी उदाए

प्रलयले निस्सासिएको दाजुभाइसँगै उभिएर
उनले घोषणा गरे
यो प्रलयलाई जित्छौं हामी
उनी श्रमको हतियार लिएर मैदानमा उत्रिए

उनी डकर्मी बनेर उत्रिए
उनी सिकर्मी भएर उत्रिए
उनी मजदुर भएर उभिए
उनी सिपाही भएर उत्रिए
उनी आशा र भरोसाको केन्द्र बनेर उभिए
जगतमा आपत कहिले कोरोना भएर आयो
उनी फेरि उभिए
त्यो बेला पनि उनी अस्पताल भएर उभिए
डाक्टर भएर उभिए
कहिले हेल्पर भएर उभिए
उनी भरोसा भएर उभिए

युद्धमा आपत खारा बनेर आयो
गणेशपुर भएर आयो
उनी पिलि बनेर उभिए
बिजयको गणतन्त्र बनेर उभिए
धर्तीमा आपत लोडसेडिङ भएर आयो
उनी उज्यालो भएर उभिए
सिंहदरबारका भित्ताहरुमा गाउँ र किसानका तस्बिर सजाएर उभिए
उनी इमानको घोडा चढेर सतिसाल झैँ उभिए
बर्गिय मायाको पहाड बोकेर उनी सतिसाल झैँ उभिए
त्यो उभिने मान्छे
त्यो उज्यालो भएर उभिने मान्छे
त्यो जित बनेर उभिने मान्छे
त्यो जनार्दन शर्मा हो ।

(तामाङ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य हुन । उनलाई फेसबुक देख्न र पढ्न पाइन्छ ।) 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार ०९:१८