२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

२० मंसिर, काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न ७५ औँ वार्षिक साधारण सभा  बोलाएको हाे । सभा  पुस १३ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे  बस्ने छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद शेयरको हक हस्तान्तरण गर्न व्यवस्था थप गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर २८ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ११:५१