१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

उपसभामुखमा कांग्रेसबाट पुष्पा भुसालको उम्मेदवारी


१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबट उपसभामुखमा पुष्पा भुसालले उम्मेदवारी दिएकीछिन । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।

अर्घाखाँचीकी भुसाल कांग्रेसको समानुपातिक सांसद हुन् । निर्वाचन शुक्रबार हुनेछ । वाम गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परे पनि राजपा र फोरमको सन्तुलन मिलाउनका लाग अहिले वार्ता भैरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १३:१३