६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?

१९ मंसिर, काठमाडौं। साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  २४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य  स्थिर रहँदै १ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार ११:०९