१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

प्रधानमन्त्री अोलीले सम्पूर्ण नेपालीलार्इ यसरी दिए छठ पर्वको शुभकामना (भिडियोसहित)

२७ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

 

‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मूख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्साससाथ मनाइन थालेको भन्दै खुसी व्यक्त गर्नुभएको छ । ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो सस्कृतिको विकास भएको छ ।

यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ ।’ प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।

हेर्नुहाेस भिडियाे

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १४:१५