१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

इटहरीका मेयर द्वारिकलाल चौधरी टेम्पो चढेर जनताको घरदैलोमा

२६ कात्तिक, काठमाडाैँ । इटहरी, सोमवार विहानै इटहरीका मेयर द्वारिकलाल चौधरी टेम्पो चढेर इटहरी १० आमझाेंकी पुग्नुभयो । स्थानीयवासी सँग घरदैलोमा पुगेर उहाँहरुको समस्या सुन्नुभयो,अपेक्षा वुझनुभयो र विकासका लागि सुझाव लिनुभयो । वडा नम्वर १० मा उपमहानगरले गर्न लागेका विकासका योजना सुनाउनुभयो ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी विहानको समय यसैगरि गाँउ वस्तिका जनताको घरदैलोमा पुग्न थाल्नुभएको छ ।उपमहानगरवासी भएपनि गाँउका जनताको उपमहानगर कार्यालयमा पहुँच नहुने,भए पनि आफना कुरा राख्न नसक्ने समेत भएकाले जनताको घरदैलोमै जान थालेको मेयर चौधरीले वताउनुभयो ।

आफनै घरमा आएर मेयरले सल्लाह,सुझाव लिएपछि वडा नम्वर १० का स्थानीयवासी मख्ख परे । मेयर चौधरीले वडा नम्वर १० का विभिन्न योजनाका लागि यो बर्षको वजेट वाट ९० लाख रकम खर्च गरिने जानकारी दिनुभयो । इटहरी १० ज्ञानोदय प्रावि,आमझोकी,छोटीपूल र सिमरवना हुदै भिसी शाखा नहर जोडने छ किलोमिटर ३ सय मिटर सडक कालोपत्रे तीन बर्षमा गरिसक्ने मेयरले सुनाउदा स्थानीयवासी खुशी भए । वडा नम्वर १० मा जातीय संग्राहलय,ट्रमा सेन्टर,वुढिगंगा किनारमा फन पार्क,क्यान्सर अस्पताल वनाउने बिषयमा सम्भाब्यता अध्यन भइरहेको योजना सुनाउनुभयो । त्यसका लागि स्थानीयवासीको राय वुझनुभयो ।

मेयर चौधरी आइतवार इटहरी ११ नम्वरको छोटीपूल छेउछाउ जानुभयो र यसैगरि स्थानीय सँग भलाकुसारी गर्नुभयो ।स्थानीयले घर आगनमै सरकार आइपुगेको महशुष गरेको प्रतिक्रिया दिए । इटहरीमा तीन बर्ष भित्रमा भित्रीसडकहरु कालोपत्रे गरेर गाँउलाई शहर सँग जोडने कार्यलाई तिव्रता दिने अभियानमा स्थानीयलाई सकृय वनाउन समेत मेयर चौधरी गाँउ गाँउ पुग्न थाल्नुभएको हो । यो अभियान जारी रहने मेयर चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार २०:३०