१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गुराँस लघुवित्तका सेयरधनीको हात खाली, यो वर्ष लाभांश नदिने

१७ मंसिर, काठमाडौं। यो बर्ष गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूको हात खाली हुने भएको छ । लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट सेयरधनीका लागि लाभांश नदिने निर्णय गरेसँगै सेयरधनीको हात खाली हुने भएको छ ।

मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

साथै, उक्त बैठकले विभिन्न प्रस्तावसहित गत आवका वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारणसभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारणसभा बोलाउने छ ।

आर्थिक वर्ष २०७८/०७९मा कम्पनीले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साथै, कम्पनीले आर्थिक वर्ष २०७७/0७८ मा १६.९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत नगद वितरण गरेको थियो  ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १०:१३