५ फाल्गुन २०८२, मंगलवार | Wed Feb 18 2026

वीर अस्पतालका कार्यकारी निर्देशकबाट हटाइए डा सन्तोष पाैडेल

१५ मंसिर, काठमाडाैँ । सरकारले नेपाली कांग्रेसका कार्यकर्ता भर्ति र खरिदको कमिसानमा बाधक देखिएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तरगतको वीर अस्पतालका कार्यकारी निर्देशक सह प्राध्यापक डा सन्तोष पौडेललाई हटाएको छ । सरकारको निशानामा यसअघि नै परेका पौडेल बिहीबार मन्त्रालय तानिएका हुन । मन्त्रालय स्रोतले कार्यकारी निर्देशकबाट हटाएर मन्त्रालय तानिएको जानकारी दियो ।

वीर अस्पताल सुधारमा काम गर्दै आएको भए पनि पौडेलले पछिल्लो पटक नेपाली कांग्रेसका कार्यकर्ता भर्तिमा असहमति जनाएपछि अधिकार कटौती गरिएको थियो । बिहीबार भने मन्त्रालयले पौडेललाई जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै १५ महिना पदावधि बाँकी रहेका पौडेललाई निर्देशकबाट हटाएका हुन ।

तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले गत फागुन ५ गते पौडेललाई वीर अस्पतालको निर्देशकमा दुई वर्षका लागि नियुक्त गरेका थिए । विना कारण सरकारले पदबाट हटाएपछि डा पौडेल आइतबार अदालत जाने भएका छन । मन्त्रालय स्रोतका अनुसार पौडेललाई यसअघि स्पष्टिकरण समेत सोधिएको छैन । पौडेल कार्यकुशलतामा अब्बल मानिन्छन । पछिल्लो समय वीर अस्पतालको सेवा प्रवाहमा चामत्कारिक सुधार ल्याएका पौडेल कमिसनखोर कांग्रेस कार्यकर्ताको निशानामा थिए ।

यो पनि पढ्नुहोस्

वीर अस्पतालका ७०० शय्या आजदेखि सर्वसधारण बिरामीका लागि निःशुल्क

वीर अस्पतालमा अत्याधुनिक बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल नियुक्त

वीर अस्पतालमा पनि फोनपे क्यूआरमार्फत सहजै भुक्तानी गर्न सकिने

९ जना नर्ससहित वीर अस्पतालका १२ कर्मचारी सम्पर्कविहीन, तत्काल हाजिर नभए कारबाही गरिने

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १७:१९