२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश

१५ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । यस्तै साेही प्रकरणमा थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १६:३३