राष्ट्रिय परिचयपत्र वितरण अागामी मंसिर ३ देखि पाँचथरबाट सुरू हुने
२७ कात्तिक, पाँचथर । पँचथरमा आगामी मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । राष्ट्रिय परिचयपत्र वितरणका लागि गत असारदेखि विवरण संकलन भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताएका छन ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा करिब ५१ हजार नेपाली नागरिकको विवरण संकदन भइसकेको काफ्लेको भनाइ छ।सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ । पहिलोचरणमा पाँचथर जिल्ला र सिंहदरबार भित्र परिचयपत्र वितरण गर्न लागिएको हो ।
प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १०:१७